‘मन्दिरलाई बधशाला नबनाउ’ अभियान व्यापक बन्दै (फोटोफिचर)
२ असार, काठमाडौँ । ‘मन्दिरलाई बधशाला नबनाउ’ अभियान व्यापक बन्दै गएको छ । साकाहारी भोजन गर्नेहरूले मन्दि पुजा गर्ने ठाउँ भएकाले त्यसलाई बधशाला बनाउन नहुने बताएका छन । हरेक शनिबार काठमाडौँको स्वायम्भूमा श्री कृष्णप्रणामी युवा परिषद् प्रारम्भिक समिति बाफलले सचेतना कार्यक्रम गर्दै आएको छ ।

उसले माया र प्रेम र सद्धाव बढाउनु पर्ने भन्दै पशुबली रोक्नुपर्ने भन्दै सचेतना जगाउँदै आकएको छ । हरेक शनिबार सय भन्दा बढी अभियन्ताहरूको सहभागितामा स्वायम्भूको मन्दिर नजिक उनीहरूले प्रदर्शन गर्ने गरेका छन । बुद्धको अघि बसेर नै बुद्धको देशमा अहिंसा नगरौँ भन्ने सन्देश व्यापक बनाउन चाहेको र त्यसले सबैको मानिसको हित गर्ने अभियन्ता मनमोल गजुरेलले जानकारी दिए ।



प्रकाशित मिति : 10:47









