५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

हाइड्रोपावरले प्रयाेग गरेकाे स्काभेटरमा अज्ञात समूहले आगाे लगायाे

१ असार, सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका–११ पिङ्गलास्थित भदौरे भन्ने ठाउँमा अज्ञात समूहले स्काभेटरमा आगजनी गरेको छ । सोलु खोलामा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोशी हाइड्रोपावर लिमिटेडले प्रयोग गरेको कोबेलको स्काभेटरमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो ।

घटना गएरातिको भए पनि बिहान ७ बजे मात्र थाहा भएको थियो । घटना भएको १५ मिटर नजिक प्रेसरकुकर बम रहेकाले त्यसलाई निष्क्रिय बनाउन नेपाली सेनाको बम डिस्पोजल टोली इटरीबाट आउँदै गरेको प्रहरीले जनाएको छ ।रासस

प्रकाशित मिति : 12:43