५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

समैजी अधारभुत विद्यालयका शिक्षक श्याम कलौनीको ट्याक्टर दुर्घटनामा मृत्यु

१ असार, डडेलधुरा । डडेलधुराका एक शिक्षकको ट्याक्टर दुर्घटनामा मत्यु भएको छ । डडेलधुराको आलिताल गाउँपालिका–८ कुर्जेनिमा ट्क्याटर पल्टिँदा शिक्षकको मृत्यु भएको हो । समैजी अधारभुत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

फाइल तस्बीर ।

गोदाम बजारबाट कुर्जेनी गाउँतर्फ जाँदै गरेको बालुवा बोकेको से २ त २८५० नम्बरको ट्क्याटर दुर्घटनामा परेको हो। दुर्घटनामा आलिताल गाउँपालिका– ८ का पदम राना समान्य घाइते भएका छन्। ट्याक्टर चालक धनजित धामी फरार रहेका छन । आलिताल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिरबहादुर ऐरले क्षमता भन्दा बढी सामान बोकेकाले दुर्घटना भएको बताए ।

प्रकाशित मिति : 09:17