२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

३२ जेठ, कैलाली । कैलालीको मध्यक्षेत्र घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा निर्माणाधीन शीत भण्डारमा आज आगलागी हुँदा १ करोडभन्दा बढीको क्षति भएको छ । प्रहरी चौकी, पहलमानपुरका प्रहरी सहायक निरीक्षक प्रताप चन्दले शीत भण्डारमा मजदूरले वल्डिङसम्बन्धी काम गरिरहेको अवस्थामा निस्केको आगोको झिल्कोबाट सल्केको आगोबाट रु एक करोडभन्दा बढी मूल्यका निर्माण सामग्री जलेर नष्ट भएको जानकारी दिनुभयो ।

स्थानीय रामबहादुर रावतलगायतका नौ÷दश जनाको संयुक्त लगानीमा उक्त ठाउँमा शीत भण्डारगृहको निर्माण भइरहेको थियो ।रासस

प्रकाशित मिति : June 15, 2019 at 8:57 pm