नेकपा बाजुरा जिल्ला कमिटीका सदस्यद्वारा शपथ ग्रहण
३१ जेठ, बजुरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्यले आज शपथ ग्रहण गरेका छन् । नेकपा सुदूरपश्चिम इञ्चार्ज भीम रावलले जिल्ला कमिटीका एक सय ३५ को शपथ ग्रहण गराउनुभएको हो । बाजुरामा नेकपामा पूर्व एमालेबाट ८० तथा पूर्वमाओवादी केन्द्रबाट ५५ जना जिल्ला कमिटी सदस्यमा समेटिएका छन् ।

पार्टीको नीति र सिद्धान्तअनुसार आफूहरुले जिल्लामा काम गर्ने जिल्ला कमिटी सदस्यले बताएका छन् । जिल्ला कमिटी सदस्यको शपथ ग्रहण भएसँगै आजबाट कमिटीले पूर्णता पाएको छ ।

प्रकाशित मिति : 20:57









