४ जेष्ठ २०८३, सोमबार | Tue May 19 2026

अमेरिकन नागरिक विलियम लागूऔषधसहित त्रिभुवन विमानस्थलबाट पक्राउ

३१ जेठ, काठमाडाैँ । अमेरिकन नागरिक विलियम हेरोन क्यामरोन आइभी लागूऔषधसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन ।  झण्डै पाँच किलो लागूऔषधसहित विलियम पक्राउ परेको विमानस्थल प्रहरी कार्यालयल जनाएको छ । शुक्रबार बिहान सवा १० बजेको समयमा  नेपाल एयरलाइन्सको उडान नं. अारए ४०१ काे फलाइटद्धारा काठमाण्डौंबाट बैंकक जान लागेका अमेरिकी नागरिक विलियम लागूऔषधसहित पक्राउ परेका हुन । उनको व्यागमा लागूऔषध चरेश जस्तो देखिने पदार्थको पाता आकारको थान- २ (दुई), अन्दाजी ४७९९ ग्राम (प्लाष्टिक र्‍यापिङ सहित) फेला परेको र उनलाइ अन्तर्राष्ट्रिय विमानस्थल, गौचर स्थित लागू औषध नियन्त्रण ब्यूरोमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 19:24