बागमती नदीमाथिको पुल निर्माणमा पप्पुको बदमासी, संसदीय समितिद्धारा कारवाहीको निर्देशन
३१ जेठ, काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणकाे ठेक्का लिएकाे पप्पु कन्स्ट्रक्सनलाई संसदको विकास तथा प्रविधि समितिले कारवाहीका लागि सिफारिस गरेको छ ।
पुलको काम अघि नबढाउन निर्देशन दिँदा–दिँदै पनि पप्पुले अटेर गरी काम अघि बढाएको भन्दै शुक्रबार बसेको संसदको विकास तथा प्रविधि समिति बैठकले कारवाही गर्न निर्देशन दिएको हो ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले निर्माणाधीन पुलमा त्रुटि देखिएको भन्दै समस्या समाधान गरेर मात्र काम अघि बढाउन यसअघि निर्देशन दिएको थियो । तर, उक्त निर्देशनको पालना नै नगरी स्ल्याब ढलानको तयारी गरेको भन्दै समितिले पप्पुलाई कारवाही गर्न निर्देशन दिएको छ ।
यसअघि समिति सभापति कल्याणी खड्का नेतृत्वको टोलीले पुल निर्माणबारे स्थलगत अध्ययन गरेको थियो । स्थलगत अध्ययनपछि समितिले पुल ठेक्का लिने निर्माण व्यावसायीलाई कारवाही गर्न निर्देशन दिएको हो ।
प्रकाशित मिति : 11:42









