मोटरसाइकल दुर्घटनामा वडा अध्यक्षसहित दुई जना गम्भीर घाइते, हेलिकप्टरबाट काठमाडाैँ ल्याइदैँ
३० जेठ, काठमाडाैँ । बझाङमा भएको मोटरसाइकल दुर्घटनामा एक वडा अध्यक्षसहित दुई जना घाइते भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा से १ ब ११७७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा वडा नम्बर ७ का वडाध्यक्ष हरिचन्द्र जोशी र सदस्य नरेश महर गम्भीर घाइते भएका छन । दुर्घटनामा घाइते भएका दुबै जनाको अवस्था चिन्ताजनक रहेको छ ।

घाइते दुवैलाइ थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ । अहिले दुवै जनाको जिल्ला अस्पताल बझाङमा प्राथमिक उपचार भैरहेको छ । प्रहरीका अनुसार दुर्घटनामा परेको मोटरसाइकल वडा सदस्य नरेश महरले चलाएका थिए ।
प्रकाशित मिति : 09:09









