२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

अब देशभरकै सरकारी शिक्षकले आफ्ना छोराछोरी बोर्डिङ स्कुलमा पढाउन नपाउने

३० जेठ, काठमाडाैँ ।  सरकारले निजी विद्यालयलाई अंकुश लगाउने गरी राष्ट्रिय शिक्षा ऐन–२०७६ ल्याउने भएको छ । उक्त ऐनमा सार्वजनिक कोषबाट तलब, भत्ता खाने कर्मचारीले छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गरिएको छ । कानुन मन्त्रालयमा पुगेको उक्त ऐनको मस्यौदाको दफा १४४ मा यस्तो व्यवस्था गर्नसक्ने उल्लेख छ ।

उक्त ऐनमा सार्वजनिक विद्यालय पढ्ने विद्यार्थीलाई सरकारले विशेष प्रोत्साहन दिनसक्ने, दफा २८ मा ऐन प्रारम्भ भएपछि सबै निजी विद्यालयहरू सेवामूलक रूपमा सञ्चालन हुने, हाल सञ्चालित निजी विद्यालयहरू ऐन प्रारम्भ भएको दश वर्षभित्र निजी मुनाफा वितरण नगर्ने प्रकृतिका कम्पनी वा गुठीका रुपमा रुपान्तर गर्नुपर्ने र उपदफा ६ मा निजी विद्यालयहरूले सार्वजनिक शैक्षिक गुठी विद्यालयमा रुपान्तर हुन चाहेमा सरकारले तोकेबमोजिमको प्रोत्साहन सुविधा उपलब्ध गराउनसक्ने उल्लेख छ । सरकारले चालू संसद् अधिवेशनमै ऐन ल्याउने तयारी गरिरहेको बताइएको छ । मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै शिक्षाका नीतिगत सुधारका निम्ति प्रयत्न गरिरहेका मन्त्री गिरिराजमणि पोखरेलको यो प्रयास सम्पूर्ण रूपमाले सफल भए सबैजसो सामुदायिक विद्यालयले काँचुली फेर्ने निश्चित छ । नेपाल  समाचारपत्रबाट

प्रकाशित मिति : June 13, 2019 at 7:30 am