९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

जागरण अभियानको क्रममा प्राप्त सुझाव ग्रहण गर्ने कांग्रेस सभापति देउवाको उद्घोष

२६ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय जागरण अभियानका क्रममा प्राप्त विभिन्न सुझाव ग्रहण गर्ने उद्घोष गरेका छन । एक विज्ञप्ति जारी गर्दै देउवाले जागरण अभियानका क्रममा प्राप्त विभिन्न सुझाव ग्रहण गरेर अघि बढ्ने बताएका हुन ।

 उनले एक महिने जागरण अभियानमा सहभागी हुनेलाई धन्यवाद दिँदै प्रथम चरणको अभियानले नवीन ऊर्जा अभिवृद्धि गरेको बताएका छन्। देउवाले अधिनायकवाद उन्मुख वर्तमान सरकारका गतिविधिविरुद्ध थप जागरण बढाउँदै एकतावद्ध ढंगले कार्य गर्न पार्टी पंक्तिलाई अपिल समेत गरेका छन्।

प्रकाशित मिति : 21:30