अराजक कर्मचारीलाई कारबाही गर्न सुरू, गाैर नगरपालिकाका कार्यकारी अधिकृत कार्की निलम्बित
२६ जेठ, रौतहट । सरुवा भएकाे स्थानमा जान नमान्ने कर्मचारीलाई सरकारले कारबाही गर्न सुरू गरेको छ । संघीयताको कार्यान्वयनमा बाधा सर्जना गरेपछि सरकारले बाधा सर्जना गर्ने कर्मचारीको वृद्धिविकास समेत रोक्ने गरी निलम्बन सुरू गरेक छ । सरकारले सरुवा गरिएको स्थानमा जान अटेरी गरेको भन्दै गाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २ महिनाका लागि निलम्बन गरेको छ ।

जेठ १ गते शैल्य शिखर नगरपालिका, दार्चुला सरुवा भएका कार्कीले त्यसको अवज्ञा गर्दै गौर नगरपालिकामै कामकाज जारी राखेपछि मन्त्रालयले उनलाई निलम्बन गरेको सचिव यादव कोइरालाले जानकारी दिएका छन । कार्कीलाइ निजामति सेवा ऐन, २०४९ को दफा ६४ (१) बमोजिम दुई महिनाका लागि निलम्बन गरिएको हो ।
प्रकाशित मिति : 12:30









