९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार

२२ जेठ, काठमाडाैँ । गण्डकी प्रदेश सभामा आज प्रस्तुत हुने भनिएको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम आगामी जेठ २४ गते शुक्रबार हुने भएको छ । गण्डकी प्रदेशसभामा आज दिनको ३ बजे प्रदेश प्रमुख बाबुराम कुँवरबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको थियो ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मावलम्बीको पर्व इदुल्ल फित्र परी नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेका कारण उक्त कार्यक्रम आगामी २४ गते दिनको ३ बजे गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : 20:04