९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

इद मनाउनका लागि चन्दा नदिएको भन्दै स्थानियद्धारा मेयरमाथि कुटपिट

२२ जेठ, रौतहट । इद मनाउनका लागि चन्दा नदिएको भन्दै मेयरमाथि कुटपिट भएकाे छ । मंगलबार राति रौतहटकाे राजपुर नगरपालिकाका मेयर शेख सकिलमाथि स्थानीयको एक समूहले  कुटपिट गरेका छन् । ईदमा कार्यक्रम गर्नका लागि स्थानीयले मेयरसँग चन्दा सहयोग माग गरेका थिए । पहिले पनि नगरपालिकाले धार्मिक कार्यक्रमहरुमा सहयोग गर्ने गरेको तर यसपटक ईदको अघिल्लो दिन मंगलबारसम्म पनि मेयरले सहयोग रकम नदिए पछि आक्रोशित बनेका स्थानीयहरूले मेयर सकिल माथि आक्रमण गरेको थिए ।

मस्जिदमा नवाज पढ्न गएको बेला स्थानीयले आफूसँग सहयोग रकम माँग गरेको र अहिले खल्तीमा पैसा नभएकोले सहयोग रकम भोलि दिन्छु भन्दा केही व्यक्तिहरुले टर्चलाइटले टाउकोमा प्रहार गर्दै कुटपिट गरेको मेयर सकिलले बताए । टाउकोमा चोट लागेका उनी उपचार पछि घर फर्किएका प्रहरीले जनाएकाे छ। मेयरमाथि आक्रमण गरेका व्यक्तिहरु फरार रहेका छन् । उनीहरुको पहिचान भएको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : 15:01