९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकारः प्रचण्ड

२२ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ईद उल—फित्रको अवसरमा मुस्लिम समुदायका सदस्यहरूलाई शुभकामना दिँदै आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको बताएका छन । बुधबार एक विज्ञप्ति जारी गदै अध्यक्ष प्रचण्डले लामो समयको प्रतिक्षा पश्चात देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको बताएका छन ।

यस्तो छ प्रचण्डको विज्ञप्ति

मुस्लिम समुदायको महान् चाड ईद उल—फित्रको अवसरमा देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस चाडले नेपाली समाज बहुभाषिक, बहुसांस्कृतिक, अनेक धर्मसँगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितिमा विश्वास गर्छ भन्ने कुराको पनि सन्देश दिएको छ ।

देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता हो । हामी देशको आर्थिक समृद्धिको चरणमा छौं । लामो समयको प्रतिक्षा पश्चात देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको छ । सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव छ ।

यस चाडले नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरी देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु । यस पर्वका अवसरमा सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

प्रकाशित मिति : 08:16