नेकपा सचिवालयकाे बैठक बालुवाटारमा जारी, कस्ले के पाउलान् जिम्मेवारी ?
२१ जेठ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा बसेकाे छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पोलिटब्युरो गठन र केन्द्रीय कमिटीको कार्यविभाजनबारे आइतबार छलफल भएको थियो र सोही खालको छलफल सोमबार पनि भएको थियो । सचिलयको बैठकबाट पोलिटब्युरो गठन र केन्द्रीय कार्यसमितिको कार्यविभाजनको विषयमा टुङ्गो लाग्ने छ ।

बैठकमा पार्टीको एकता प्रक्रियालाई अन्तिम रूप दिन पोलिटब्युरो गठन, कार्यविभाजन तथा बाँकी रहेका एकता टुङ्गो लगाउने विषयमा छलफल भैरहेकाे छ । यसअघि जेठ १८ गतेका लागि सचिवालयको बैठक तय गरेको थियो तर अध्यक्षद्वय व्यस्त भएको कारण २० गतेका लागि सारिएको थियो । पार्टीको ४४१ सदस्यीय केन्द्रीय कमिटीबाट १४७ जना पोलिटब्युरो सदस्य चयन गर्नुपर्ने हुन्छ ।
प्रकाशित मिति : 15:45







