३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

एक बन्दुकधारीद्वारा ४ सुरक्षा अधिकारीको हत्या


२१ जेठ, लेबनान । लेबनानको राजधानी त्रिपोलीबाट उत्तरतर्फ एक बन्दुकधारीले गरेको आक्रमणमा परी चार सुरक्षाकर्मीको मृत्यु भएको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । यस आक्रमणमा परी दुई सैनिक र दुई आन्तरिक सुरक्षा अधिकारीको मृत्यु भएको थियो । सैनिक स्रोतले आफ्ना दुई सदस्य मारिएको पुष्टि गरेको थियो ।

बन्दुकधारीले के कारणले सो आक्रमण गरेको सो भन्ने तत्काल प्रष्ट भएको छैन । तर हाल मात्र कारागारबाट मुक्त भएका एक लडाकूले सो आक्रमण गरेको हुनसक्ने सुरक्षा अधिकारहीहरुको दाबी छ । मुसलमान समुदायको वर्त अर्थात रम्जानको यस महिनामा इद अल फित्रको पहिलो दिनको तयारी भइरहेको अवस्थामा आक्रमण भएको थियो । सिरियाको छिमेकमा रहेको यस देशमा केही वर्षयता सुरक्षाको अवस्था कमजोर रहेको पाइन्छ ।रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार १३:४५

https://srdb.com.np/