४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

विदुर खानेपानी संस्थामा कांग्रेस उम्मेदवारलाई सोत्तरपारेपछि नेकपाको अबिरजात्रा (फोटोफिचर)

२० जेठ,  नुवाकोट । विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा कांग्रेस उम्मेदवारलाई सोत्तर पारेपछि नेकपाका विजयी उम्मेदवारहरूले अबिरजात्रा गरेका छन । पार्टीका नेताहरूको सहभागितामा उनीहरूले अबिरजात्रासहित सहर परिक्रममा गरे । संस्थाको अध्यक्षमा नेकपाका उम्मेदवार नारायणबहादुर खनालले  ह्याट्रिक गरेका छन । सोमबार सम्पन्न मतगणनाको परिणामअनुसार खनालको प्यानल नै विजयी भएको हो ।

अध्यक्षमा खनालले ७६३ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार राजेन्द्र अर्यालले ६३७ मत प्राप्त गरे । संस्थाको सातौँ अधिवेशनबाट खनाल लगातार तेस्रो पटक विजयी भएका हुन । उपाध्यक्षमा सञ्जीवबहादुर श्रेष्ठ, सचिवमा रघुनाथ रिमाल र कोषाध्यक्षमा बच्चुमाया सुनारीमगर विजयी भएका छन । उनीहरू सबै नेकपा निकटका हुन । सदस्यहरुमा क्रमशः जगतकुमारी गिरी, रविता भट्ट, राजेन्द्र पाण्डे, मुनिराज गजुरेल र लवप्रसाद न्यौपाने विजयी भएका छन । उनीहरूले पनि नेकपा निकटकै हुन ।

 

प्रकाशित मिति : 20:18