कलाकार चन्द्रमणि मुडभरीले दुर्घटनामा मृत्यु हुनु २० घण्टाअघि फेसबुकमा यस्तो लेखेका थिए…
१९ जेठ, काठमाडाैँ । ललितपुरकाे धोबिघाटमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा मत्यु भएका कलाकार चन्द्रमणि मुडभरीले २० घण्टा अघि अाफ्नो फेसबुकमा लेखेको एउटा स्टास अहिले चर्चामा रहेको छ । उनले समयले मान्छेलाइ परिवर्तन हुन बाध्य बनाउने भन्दै एउटा स्टाटस लेखेको पाइएपछि धेरैले यसको चर्चा गरिरहेका छन । उनले लेखेका छन ‘परिवर्तन हुनु जरूर त्यो बेला हुन्छ जुन बेला समयले बाध्य बनाउँछ ।’ उनले फेसबुकमा लेखेको यो नै अन्तिम स्टाटस बनेको छ ।

बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कलाकार मुडभरीसहित पत्रकार गोविन्द शर्माको मृत्यु भएको छ । गोबिन्द शर्मा नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)का अध्यक्षसमेत हुन् । दुर्घटनामा परेका २ जनालाई नर्भिक अस्पताल लगिएको र उपचारका क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएकाे छ । सुरुमा २ वटा जीप ठोक्किएको र त्यसपछि थप अर्काे एउटा जीप र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 20:31









