चर्को भाडा लिएको बिरोध गर्दा महिला कुट्ने सहचालकविरुद्ध मुद्दा दर्ता
१९ जेठ, काठमाडाैँ । कंचनपुरमा चर्को भाडा लिएको बिरोध गर्ने महिलालाई सडकमै कुटपिट र गाली बेइज्जती गर्ने चालक गोकुल बोहराविरुद्ध कञ्चनपुर प्रहरीले आज मुद्दा दर्ता गरेको छ । से १ ज १०९४ नम्बर गाडी (किया गाडी)का सहचालक बोहराले धनगढीकी लक्ष्मी धनाडीलाई सडकमै लछार पछार र कुटपिट गरेका थिए ।

महिलालाई सार्वजनिक स्थलमै कुटपिट गर्ने बोहराविरुद्ध ‘सार्वजनिक हित शान्ति सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर’मा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएकाे छ । मुद्दा अनुसार पीडकलाई एक वर्षसम्म जेल सजाय र २० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी ब्यवस्था छ । उक्त घटनाको भिडियो फुटेज सार्वजनिक गर्ने दिपेन्द्र पूर्व प्रहरी जवान हुन् । प्रहरीभित्रको बेथितिविरुद्ध बोल्दा जवान चन्दलाई जागिरबाट हटाइएको थियो ।

प्रकाशित मिति : 19:28









