ललितपुरमा माेटरसाइकल दुर्घटना हुँदा नुवाकाेट बेलकाेटगढीका चन्द्रमणी मुडभरीसहित २ को मृत्यु
१९ जेठ, ललितपुर । ललितपुरकाे धोबिघाटमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोटका २८ वर्षीय चन्द्रमणी मुडभरी र गोदावरी, ललितपुरका ४० वर्षीय गोबिन्द शर्मा घिमिरेकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

मृत्यु भएका गोबिन्द शर्मा नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)का अध्यक्षसमेत हुन् । दुर्घटनामा परेका २ जनालाई नर्भिक अस्पताल लगिएको र उपचारका क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
सुरुमा २ वटा जीप ठोक्किएको र त्यसपछि थप अर्काे एउटा जीप र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 18:10









