विप्लवका नेता एक/एक गर्दै नेकपामा, आज पूर्वमन्त्री समेत रहेका पोलिटव्यूरो सदस्य राई प्रवेश गर्दै
१९ जेठ, काठमाडाैँ । विप्लव नेतृत्वको नेकपा समूह परित्याग गरेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री पदम राई नेपाल कम्युदैनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्दैछन । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार पार्टी कार्यालयमा पूर्वमन्त्री राईलाई केहीबेरमा नेकपामा स्वागत गर्ने तयारी छ ।

नेकपाको केन्द्रीय कार्यालयका सचिव एवं सांसद कृष्णगोपाल श्रेष्ठका अनुसार अहिले बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । पहिलो संविधान सभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचित राई पछि बाटो बिराएर बिभिन्न समूहमा सक्रिय बन्न पुगेका थिए । उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए । पार्टी नीति विपरीत मिडियामा बोलेको भन्दै राईलाई विप्लवको पार्टीले केही समय अघि कारबाही गरेको थियो ।

प्रकाशित मिति : 09:23









