३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

भत्ता खान्छन तर पोशाक लगाउँदैनन् अधिकांश शिक्षक

१७ जेठ, सिरहा । केही वर्षदेखि सरकारले सरकारी कार्यालयमा काम गर्ने कर्मचारीलाई पोशाक अनिवार्य लगाउनुपर्ने भन्दै रकम दिएको भए पनि यहाँका अधिकांश विद्यालयका शिक्षकले हालसम्म पोशाक लगाएका छैनन् । जिल्ला शिक्षा कार्यलयबाट शिक्षकले पोशाक खरिदबापत रकम बुझेका भए पनि उनीहरु पोशाक लगाएर विद्यालय जाने गरेका छैनन । पोशाक खरिदका लागि जिल्लाका स्थायी शिक्षकलाई रकम वितरण गरेको थियो ।

पोशाक खरिदका लागि रकम बुझेर पोशाक नलगाउने शिक्षकलाई जिल्ला शिक्षा कार्यालयले कुनै प्रकारको निरीक्षण तथा अनुगमन नगरेका कारण पोशाक नलगाएको एक शिक्षकले बताउनुभयो । गतवर्ष पोशाक खरिदका लागि जिल्ला शिक्षा कार्यलयले रकम दिएको भए पनि कुन रङको पोशाक लगाउने भन्ने कुरा नभनेकाले अलमलमा परेर पोशाक नलगाएको शिक्षकहरुले बताएका छन् ।

पोशाक नै नतोकी रकम दिएका कारण शिक्षकहरुले पोशाक नलगाएको उनीहरुको भनाइ छ । यस वर्षसमेत शिक्षकका लागि पोशाक भत्ता आएको भए पनि स्थायी बाहेकका शिक्षकले समेत आफूहरुलाई पनि पोशाक भत्ता चाहिने भन्दै विरोध जनाएका छन् । शिक्षा विभागले गत वर्ष मुलकभरका प्राथमिक तहका ६३ हजार ४८, निमावितर्फका ११ हजार २४९ र माध्यमिक तहका नौ हजार ४२ शिक्षकलाई गरी कूल रु ६२ करोड ५० हजार पोशाक भत्ता वितरण गरेको थियो ।

प्रकाशित मिति : 20:06