३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

यौनजन्य गतिविधिमा संलग्न २ होटल सञ्चालकसहित सात जना नयाँ बसपार्कबाट पक्राउ

१६ जेठ, सुरूङ्गा । यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ । बुधबार राति विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए ।

पक्राउ परेका सातै जनालाई आज जिल्ला अदालत झापामा म्याद थप गरी अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको थापाको भनाइ छ । पछिल्लो समय बिर्तामोड आसपासमा सञ्चालित होटल तथा लजमा अवैधरूपमा यौनजन्य गतिविधि भइरहेको भन्ने जनगुनासोका आधारमा प्रहरीले छापा मारेको थापाको भनाइ छ ।रासस

प्रकाशित मिति : May 30, 2019 at 12:12 pm