३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

काठमाडौँकाे थापाथलीमा हावाहुरीले रुख ढाल्यो, २ वटा सवारी साधनमा क्षति

जेठ १५, काठमाडौँ । हावाहुरीले थापाथलीमा रुख ढाल्दा २ वटा सवारी साधनमा क्षति पुगेकाे छ ।  बुधबार बेलुका रुख ढलेपछि केहीबेर सडक अवरुद्ध भएको थियाे । बुधबार बेलुकी आएको हावाहुरीले थापाथली चोक नजिकैकाे रुख ढल्दा २ वटा सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

तस्बीरः रातोपाटी डटकम ।

रुखले लागेर बी एए २९०१ इम्बोस्ड नम्बरको गाडीमा धेरै क्षति भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । रुख ढलेर सवारी साधन आवतजावतमा समस्या भएपछि प्रहरीले बाटो छेकेको रुख पन्छाएर सडक सुचारु गराएकाे थियाे ।

प्रकाशित मिति : 21:31