३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

एक दिन अगाडि मात्रै लगाएकाे रंगशालाकाे बार डाेजरले भत्काउँदा यसरी राेए धुर्मुस(भिडियाेसहित)

१५ जेठ, काठमाडाैँ । चितवनकाे  भरतपुर नगरपालिकामा निर्माण हुन लागेकाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे बारमा डाेजर चलाएपछि धुर्मुस, उनका सुभचिन्तक र उनलाइ साथ दिने सबै मर्माहत बनेका छन्र। फाउण्डेशनका अध्यक्ष कलाकार सीताराम कट्टेल (धुर्मुस)ले राजनीतिक आडमा नियोजित हिसाबले डोजर लगाइएको बताएका छन् ।

रंगशालाको अहिले डिजाइनको काम भइरहेको र अहिलेसम्म रंगशाला निर्माणका लागि साढे पाँच करोडभन्दा बढी रकम सहयोगबापत प्राप्त भइसकेको छ। बुधबार रंगशाला निर्माण स्थालमा डोजर चलेपछि कट्टेलले दु:ख व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

उक्त निन्दनिय कार्यले एकदमै दुखद भएकाे र एकाविहानै स्थानीयहरु र केहि अराजक भीडको अगुवाइमा यो काम भएकाे कट्टेलले बताएका छन् । आफ्नै आँखा अगाडि पहिलाे पटक यस्ताे  कारूणीक दृष्य देख्दा सारै दुःख लागेकाे धुर्मुसले बताए । विदेशमा बस्ने नेपाली जसले यति सद्भावका साथ सहयोग गर्नु भएकाे छ उहाँहरुको पसिनामाथि डोजर चलाइएको धुर्मुसले जनाएका छन्र ।

फेसबुकमा यस्ताे लेख्छन् धुर्मुसः

भिडियाे साैजन्यः खेम बमकाे फेसबुक पेजबाट

प्रकाशित मिति : 20:33