सरकारी आयोजनामा निजामति बाहेकका व्यक्तिलाई पनि आयोजना प्रमुखकाे रुपमा ल्याउन सकिने
१५ जेठ, काठमाडौँ । सरकारले सरकारी आयोजनाहरुमा निजामति बाहेकका व्यक्तिलाई पनि आयोजना प्रमुखका रुपमा ल्याउन सक्ने नीति ल्याउने घोषणा गरेको छ । यस्तो नियुक्ती प्रतिस्पर्धाका आधारमा गरिनेछ ।

सरकारी कर्मचारी मात्रै आयोजना प्रमुख रहँदा काम राम्रो नहुने समस्या बढेपछि सरकारले यस्तो व्यवस्था गर्ने घोषणा गरेको हो । आगामी वर्षको बजेट भाषणमार्फत यस्तो नीति ल्याउने नीति ल्याउने बताएको हो ।
प्रकाशित मिति : 18:37









