दैवि प्रकोप तथा विपत व्यवस्थापनका लागि ५ अर्ब ५० करोड बजेट विनियोजन
१५ जेठ, काठमाडौँ । सरकारले राष्ट्रिय सुरक्षा, दैविक प्रकोप तथा विपत व्यवस्थापनका लागि ५ अर्ब ५० करोड रकम बजेट विनियोजन गरेको छ। आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो रकम विनियोजन गरेका हुन् ।

बजेटमा सबै प्रदेशमा आपतकालिन विपत तथा सुरक्षण सामाग्री भण्डारण केन्द्र बनाइने समेत व्यवस्था गरिएको छ ।
प्रकाशित मिति : 18:22







