१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

अतिक्रमित सरकारी जग्गा यही आर्थिक वर्षमा फिर्ता ल्याइने

१५ जेठ, काठमाडौँ । अतिक्रमित सरकारी जग्गाहरु आगामी आर्थिक वर्षमा सरकारी कायम गरिने भएको छ। आगामी वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले लक्ष्य निर्धारण गरेका हुन्।

बालुवाटारदेखि देशभरका अन्य सरकारी जग्गा अतिक्रमण भएको सार्वजनिक भएको समयमा सरकारले बजेट मार्फत यस्तो घोषणा गरेको हो। उनले भूमि सुधारका लागि यस अघिका आयोगले गरेका सिफारिस समेत कार्यान्वयन गरिने बताए। भूमिको उचित वितरणका लागि वर्गिकरण गरी उपयोग गर्ने व्यवस्था मिलाउने समेत उनले बताए ।

 

प्रकाशित मिति : May 29, 2019 at 5:36 pm