३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

धादिङकाे खयरघारीमा पर्यटक बस खस्यो

१५ जेठ, काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका १ खयरघारीमा पर्यटक बस सडकबाट खोलामा खस्दा १ जनाकाे मृत्यु भएकाे छ।  सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ प १३६३ नम्बरको बस सडकबाट महेशखोलामा खसेको धादिङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।


घटनास्थलमा प्रहरी टोली पुगिसकेको र थप विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रकाशित मिति : May 29, 2019 at 4:41 pm