सरकारी तथा गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ गर्न बनेको आयोगका पदाधिकारीले लिए सपथ
१५ जेठ, काठमाडाैँ । सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ गर्न बनेको आयोगका पदाधिकारीले सपथ लिएका छन् । आयोगका अध्यक्ष मोहनरमण भट्राईले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबाट सपथ ग्रहण गरेको छन् । आयोग अध्यक्ष भट्टराईलाई सर्वोच्च अदालतमा नै प्रधानन्यायधीश राणाले सपथ ग्रहण गराएका हुन् ।
अध्यक्ष भट्टराईले सदस्यहरु जानकी बल्लभ अधिकारी, जगतबहादुर देउजा र दुर्गा दाहाललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको कार्यकक्षमा सपथ ग्रहण गराए । सपथग्रहण समारोहमा मन्त्री पदमाकुमारी अर्याल, सचिव गोपीनाथ मैनाली लगायतको उपस्थिति गरेको थियो ।
सपथग्रहण समारोहमा बोल्दै मन्त्री अर्यालले लोभललचामा नपर्न आयोगका पदाधिकारीलाई निर्देशन दिएकी छन् । ‘जटिल र चुनौतीपूर्ण विषय छानविन गर्ने जिम्मा सरकारले तपाईहरुलाई सुम्पेको छ,’ उनले भने, यो चानुचुने कुरा होइन ,लोभलालचामा नपर्नु होला, राष्ट्रको गहन जिम्मेवारी दिएको छ।’ उनले आयोगले अतिक्रमित जग्गाको खोजविन गरी फिर्ता गराउने बताइन । आयोग अध्यक्ष भट्टराईले भूमि र जग्गाको क्षेत्रमा रहेको विकृतिलाई टुङ्गोमा पुर्याउने सरकार र जनपेक्षा अनुरुपमा काम गर्ने बताए । उनले स्वतन्त्र भएर काम गर्ने वातावरण बनाइदिन पनि सरकार, राजनीतिक दलसँग आग्रह गरे । उनले आयोग काम कारवाही गोप्य हुने बताए ।

मन्त्रालय सचिव मैनालीले आयोगको जिम्मेवारीको बारेमा प्रकाश परेका छन् । उनका अनुसार सरकारी, सार्वजनिक अतिक्रमणको खोजविन गर्ने, गुठीको जग्गाको छानविन, सरकारी, सार्वजनिक तथा गुठीको जग्गाको अभिलेख संरक्षण गर्न सुझाव दिने र जग्गा हिनामिनाको छानविन र कारवाहीको सिफारिस गर्ने छ ।

प्रकाशित मिति : 14:32









