अपहरणमा परेका ८ वर्षीय बालकको हत्या
१५ जेठ, पर्सा । अपहरणमा परेका ८ वर्षीय बालकको हत्या भएकाे छ । गत शुक्रबार अपहरणमा परेका वीरगञ्ज महानगरपालिका–३ प्रगति नगरका ८ वर्षीय बालक करण साहको अपहरणपछि हत्या भएको हो ।
अपहरणमा परेका बालकको शव कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । गत शुक्रबार बिहान करिब साढे १० बजेतिर अपहरणमा परेका बालकको अपहरण भएकाे २ घण्टापछि नै हत्या भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

अपहरण र हत्यामा संलग्न ३ जनालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक विकास शर्मा, सिकिन्द्र साह र राम दिनेश महतो रहेका छन् । उनिहरूलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार, अपहरणपछि उनीहरुले शुरुमा ३० लाख फिरौती मागेका थिए । तर, परिवारका सदस्यले यतिका पैसा नभएको भन्दै ५ लाखमा सहमति गरेका थिए ।
तर बालकको हत्या गरिसकेका कारण पैसा दिएपछि मात्रै बालक फिर्ता दिने अडान उनीहरुले लिएका थिए ।
प्रकाशित मिति : 09:01









