९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

जनतालाई भड्काउने छुट कसैलाई पनि छैन: प्रचण्ड

१४ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई भड्काउने छुट कसैलाई पनि नभएको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बाेल्दै अध्यक्ष प्रचण्डले मुलुकको इतिहास र प्रकृतिले दिएका सम्पदाहरुको सदुपयोग गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन केन्द्रित हुन पनि सबैलाई आह्वान गरे ।

मुलुकको प्रकृति, विविधता र त्यसभित्रको शान्दार एकता मुलूकको समृद्धिका लागि अति उपयोगी रहेको अध्यक्ष दाहालको भनाई छ । अध्यक्ष प्रचण्डले हिमाल, पहाड र तराईजस्ता भौगोलिक सम्पन्नताले भरिपूर्ण भएर पनि विगतमा नेपालले राजनीतिक अस्थिरताकै कारण प्रगति गर्न नसकेको पनि स्पष्ट पारे । उनले गौतम बुद्धको नेपाली भूमिलाई समृद्ध बनाउन पर्यटन प्रवद्र्धन गरेर अघि बढने योजना पनि अघि सारे ।

प्रकाशित मिति : 19:11