विधार्थीहरुलाई शिक्षा सम्बन्धी सहि सूचना दिने उद्देश्यले कावासाेतीमा प्रथम नवलपुर एजुकेशन फेयर हुने
१३ जेठ, नवलपुर । विधार्थीहरुलाई शिक्षा सम्बन्धी सहि सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले नवलपुर एफएम १०४.७ मेगाहर्जकाे अायाेजनामा प्रथम नवलपुर एडु एजुकेशन फेयर हुने भएकाे छ । कावासाेतीकाे स्वस्तीक पार्टि प्यालेसमा यहि जेठ १७ र १८ गते हुने उक्त शैक्षिक मेलामा माध्यमिक तथा क्याम्पस तह गरेर करिब २८ शैक्षिक सस्थाका ५००० विधार्थीले अवलाेकन गर्नुकाे साथै जिल्लाका शिक्षा प्रमुख तथा क्याम्पस प्रमुखहरूसँग अन्तर्कृया हुने भएकाे छ ।
शैक्षिक मेलामा अाउने विद्यार्थी र अभिभावकहरुले विद्यालय तथा कलेजका प्रतिनीधीहरु सँग प्रत्यक्ष भेट गरि अन्तरक्रिया गर्न र सत्य तथ्य जानकारी लिन पाउने व्यवस्था भएकाे अायाेजकले जनाएकाे छन् । साथै उक्त मेलामा अभिभावकहरूले शैक्षिक प्रमुखहरूसँग भेट गरी परामर्श तथा अन्तर्कृया गर्न सक्नुकाे साथै छात्रवृत्तिदेखि लिएर परिपक्व डकुमेन्टेसन सम्बन्धी पनि परामर्श लिन सक्ने छन् ।

शैक्षिक मेलामा आउने विद्यार्थी र अभिभावकहरुलाई निशुल्क प्रबेशको व्यवस्था मिलाइएको आयोजक संस्थाले जनाएको छ । उक्त शैक्षिक मेलालाइ १० जाेड कक्षा दिएर बसेका बिधार्थी देखि लिएर स्नाकाेत्तर सम्म अध्ययनरत विधार्थीले अवलाेकन गर्न सक्नेछन् । यसका साथै विदेश पढन जाने इच्छुकहरूलाइ लक्षित गर्दै नेपाल सरकारबाट मान्यता प्राप्त गरेका १० भन्दा बढि काउन्सिलर र कन्सल्टेन्सीको पनी सहभागिता गराइएकाे अायाेजकले बताएका छन् ।

उक्त शैक्षिक मेलाकाे बारेमा जानकारी दिदै पत्रकार महासंघ बर्दघाट सुस्ता पूर्व नवलपुरका अध्यक्ष होमराज रानाभाटले , नवलपुर क्षेत्रकै प्रतिनिधित्व गर्दै संचार संस्थाले आयोजना गर्न लागेको यस कार्यक्रमले राष्टि्य स्तरमै राम्रो सन्देश दिने बताउनु भयाे । नवलपुर एफएमका प्रबन्ध निर्देशक मुना दाहालको अध्यक्षता भएकाे उक्त पत्रकार सम्मेलनमा पत्रकार महासंघ पूर्व नवलपुरका अध्यक्ष होमराज रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी नवलपुर एफएमले विगत केही महिनादेखि एसइइ र कक्षा १२ का विद्यार्थीहरूलाइ लक्षित गर्दै शैक्षीक गन्तव्य रोज्न सहज बनाउने अभियानका रूपमा कार्यक्रम करियर काउन्सीलिङ्ग सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति : 14:03









