नुवाकोटको बेलकोटगढी नगरपालिका र विदुर नगरपालिकामा बम बिस्फोट (भिडियोसहित)
१३ जेठ, नुवाकोट । नुवाकोटको दुई नगरपालिका क्षेत्रमा बम बिस्फोट भएको छ । गल्छी–त्रिशुली सडकखण्डको बेलकोटगढी नगरपालिकाको वडा नम्बर ६ कोल्पु खोला नजिकै पेट्रोल बम बिस्फोट भएको छ । सडकको भित्तामा राखेको बम सेना र प्रहरीको टोलीले हेर्दाहेर्दै पड्किएको हो । प्रत्यक्षदर्शी केशव जम्कट्टेलका अनुसार सेनाको टोलीले उक्त बिस्फोट भएको बस्तु पेट्रोल बम भएको जनाएको छ । बिस्फोट लगत्तै अागो बलेपछि भाग्न खोज्दा दुईवटा मोटरसाइल बम भएको नजिकै पल्टिएका थिए ।

यस्तै विदुर नगरपालिका वडा नम्बर ५ काे वडा कार्यालय मुनी सडकमा पनि बिस्फोट भएको छ । विदुर नगरपालिकाका नेकपाका युवा नेता युद्धव पनेरूका अनुसार बिस्फोटबाट कुनै क्षति भने भएको छैन । बिस्फोट लगत्तै स्थानीय र प्रहरी घटनास्थलमा पुगेका थिए । तस्बीरः केशव जम्कट्टेल र उद्धव पनेरू ।


प्रकाशित मिति : 11:28









