३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

विप्लवको भोलिको बन्द थप हिंसात्मक हुने संकेत, पूर्वसन्ध्यामा काठमाडाैँमै चार जनाको मृत्यु

१२ जेठ, काठमाडाैँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको भोलि हुने भनिएको नेपाल बन्द थप हिंसात्मक हुने देखिएको छ । प्रतिबन्धित नेकपाको संलग्नतामा काठमाडाैँ उपत्यकामा राजधानीमा श्रृखलाबद्ध बम विस्फोट भएको छ । सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् ।

सुकेघारास्थित एक शैलुनमा र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो । सुरुमा सिलिण्डर विस्फोट मानिएको दुबै घटनामा प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नता भेटिएको नेपाल प्रहरीले जनाएको छ । सुकेधारा बिस्फोटमा एकजनाको घटनास्थलमै र दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

कुकर बम तयार गरेर पड्काउने तयारीमा रहेका सात पक्राउ 

सशस्त्र प्रहरी बलले उपत्यकाका विभिन्न स्थानबाट विप्लव समूहका कार्यकर्तालाई हात हतियार तथा विस्फोटक पदार्थसहित केही बेर अघि पक्राउ गरेको छ । कुकुर बम बनाएर सहरका विभिन्न भागमा विस्फोटको तयारी गरिरहेको अवस्थामा उनीहरूलाइ पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी बल स्रोतका अनुसार पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका घर भएका आशिष भनिने डम्बरबहादुर तामाङ, सल्यान बाघ भैरब घर भएका भक्तपुरको विद्यार्थी जिल्ला अध्यक्ष चित्र कमल ओली, भक्तपुर ठिमीका नेवा मोर्चाका केन्द्रीय सदस्य राकेश श्रेष्ठ, ओखलढुंगा चण्डेश्वरीका बुद्धिबहादुर सुनुवार, त्रिवेणी ५ रोल्पा घर भएका भक्तपुर जिल्ला सेक्रेटरी बुद्धिलाल पुन, मेचीनगर ३ झापा घर भएका तेजराज काफ्ले, रामेछाप खाँडदेवी २ घर भएका तेजबहादुर मोक्तान रहेका छन ।

   

प्रकाशित मिति : 22:11