काठमाडौँ उपत्यकामा बम आतंकः लगनखेल र ग्वार्कोमा प्रहरी बिट नजिकै बम भेटियो
१२ जेठ, काठमाडाैँ । काठमाडाैँ उपत्यकाको ललितपुर जिल्दाको लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेको छ । लगनखेलमा प्रहरी चौकीको अन्दाजी ५० मिटर अगाडि र पुलिस बिटको छेउमा बम भेटिएको प्रहरीले जनाएको छ । फोहोरको थुप्रो नजिकै राखिएको बमका कारण सर्वसाधारण त्रसित बनेका छन् ।

बम राखिएका कारण अहिले लगनखेल बसपार्क खालि गराइँदैछ । प्रहरीले अहिले सर्वसाधारणलाई बम भन्दा १०० मिटर पर हटाइसकेको छ । अहिले सुरक्षाकर्मीले बम रहेको छेत्र आफ्नो नियन्त्रणमा लिएको छ । बम नेपाली सेनाले डिष्पोज गरिरहेकाे छ ।

यसअघि सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट विप्लव समूहका कार्यकर्तालाई हात हतियार तथा विस्फोटक पदार्थसहित केही बेर अघि पक्राउ गरेको छ । कुकुर बम बनाएर सहरका विभिन्न भागमा विस्फोटको तयारी गरिरहेको अवस्थामा उनीहरूलाइ पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी बल स्रोतका अनुसार पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका घर भएका आशिष भनिने डम्बरबहादुर तामाङ, सल्यान बाघ भैरब घर भएका भक्तपुरको विद्यार्थी जिल्ला अध्यक्ष चित्र कमल ओली, भक्तपुर ठिमीका नेवा मोर्चाका केन्द्रीय सदस्य राकेश श्रेष्ठ, ओखलढुंगा चण्डेश्वरीका बुद्धिबहादुर सुनुवार, त्रिवेणी ५ रोल्पा घर भएका भक्तपुर जिल्ला सेक्रेटरी बुद्धिलाल पुन, मेचीनगर ३ झापा घर भएका तेजराज काफ्ले, रामेछाप खाँडदेवी २ घर भएका तेजबहादुर मोक्तान रहेका छन ।

प्रकाशित मिति : 21:23









