सुकेधारामा पनि कुकर वम विस्फोट, विप्लवकाे भोलिको बन्द सफल पारौं भन्ने नारासहितको पर्चा भेटियाे
१२ जेठ, काठमाडौं । काठमाडौंको सुकेधाराकाे एक सैलुनमा सिलिण्डर नभई कुकर बम विस्फोट भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । अनुसन्धानका क्रममा सिलिण्डर नभई बम विस्फोट भएको प्रहरीले बताएकाे छ । दुबै घटनास्थलमा सिलिण्डर भेटिएको छ तर, त्यसमा कुनै क्षति भएको छैन ।

घट्टेकुलोमा विप्लव समूहको नेपाल बन्द सफल पारौं भन्ने पर्चा भेटिएको छ भने घाइते भएका रविन केसी विप्लव समूहका विद्यार्थी नेता रहेका छन् । प्रहरीले दुबै घटनाको प्रकृति एउटै भएको बताएको छ ।
प्रकाशित मिति : 18:53







