सुनसरीमा गोली हानी लुघवित्त संस्थाका कर्मचारी लुटिए
१२ जेठ, काठमाडाैँ । माेरङ सुनसरीकाे धरान उपमहानगरपालिकामा लुघवित्त संस्थामा कार्यरत शम्भुप्रसाद गच्छदार अज्ञात समूहबाट लुटिएका छन् । उनी केराबारीबाट लघुवित्त संस्थाको पैसा संकलन गरेर कार्यालय फर्किदै गर्दा लुटिएको धरान इलाका प्रहरीले जनाएको छ ।गच्छदार लुटिएको स्थानमा केही गोलीका खोकासमेत भेटिएको प्रहरीले जनाएकाे छ । घटनबारे आवश्यक छानबीन भैरहेको प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति : 14:57









