३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

उपराष्ट्रपतिकाे गाउँमा गाउँपालिकाले  विद्यालय कव्जा गर्दा विद्यार्थी पालमुनी धुलाे माटाेमा

१२ जेठ, काठमाडाैँ । उपराष्ट्रपति नन्दबहादुर पुनकाे गाउँ रोल्पाको परिवर्तन गाउँपालिका–३ एरिवाङमा गाउँपालिकाले विद्यालयकाे भवन कव्जा गरेपछि  विद्यार्थी पालमुनी बस्न वाध्य भएका छन् । एरिवाङमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कोलबोटको  विद्यार्थीकाे याे अवस्था भएकाे हाे ।

विद्यालयलाई चारैतिर घेरा हालेर बसेका प्रतिनिधि सभा स्वास्थ्य तथा शिक्षा समितिको सभापति जयपुरी घर्ती, नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री भीमकुमारी बुढा, लगाएतका  नेताहरू महत्वपूर्ण जिम्मेवारीमा रहँदा पनि उनीहरूकै घर छेउको विद्यालय भने भवन, फर्निचर जस्ता आधारभूत वस्तुको अभावमा कक्षा सञ्चालन गर्न बाध्य हुँदै आएको छ।

धुल्याम्मे कोठामा बस्नुपर्ने बाध्यताका कारण विद्यार्थीहरूमा संक्रमणको खतरा बढ्दै गएको छ। कक्षा कोठको प्रतिकूल वातावरणमा बस्दा हुने शारीरिक समस्याले बिरामी पर्दा उपचार गर्ने स्वास्थ्य संस्थासमेत नजिक छैनन् ।

विद्यालयलाई मासिक एक हजार भाडा दिने गरी विद्यालयको एक भवन  लिएर वडा कार्यालयले प्रयोग गरिरहेको वडाध्यक्ष भानसिंह बुढाले बताए । राज्यको पुनर्संरचनापछि साबिकको इरिवाङलाई २ वटा वडामा विभाजन गरेसँगैसंगै भाडामा वडा कार्यालय सञ्चालन गर्न बाध्य भएकाे बुढाले बताए ।

परिवर्तनकाे मूलधारको राजनीतिबाहिर रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ पनि साेहि गाउँका बासिन्दा हुन् । सो विद्यालय र चन्दको जन्मघर साबिक इरिवाङ गाविसमा परे पनि पछिल्लो राज्य पुनर्संरचनासँगै चन्द परिवर्तन गाउँपालिका–६ को बासिन्दा भएका छन् ।

प्रकाशित मिति : May 26, 2019 at 12:23 pm