३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

गत असारमै तयार हुनुपर्ने म्याग्दीको घट्टेखोलामा निर्माणाधीन मोटरबेल पुल बाढीले बगायो

१२ जेठ, म्याग्दी । म्याग्दीको घट्टेखोलामा निर्माणाधीन मोटरबेल पुल बाढीले बगाएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकखण्डमा पर्ने पुल शनिबार दिउँसो बाढीले बगाएको हो । निर्माणको अन्तिम चरणमा रहेको पुल शनिबार दिउँसो झण्डै एकघटासम्म परेको पानीपछिको बाढीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा शनिबार आएको बाढीले बगाएको निर्माणाधीन पक्की पुल । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानाको घट्टेखोलामा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको हो । तस्वीरः कमल खत्री, रासस, बेनी (म्याग्दी)

बाढीले  पुल बगाउँदा तीन करोड रुपैयाँ बराबरको क्षति भएको फेवा नयाँबाटो ९जेभी० जोइन्टभेञ्चर कम्पनीले जनाएको छ । ४० मिटर लामो पुल निर्माणका लागि पाँच करोड ७६ लाख ८० हजार ५५६ रुपैयाँमा  फेवा नयाँबाटो ९जेभी० जोइन्टभेञ्चर कम्पनीले ठेक्का पाएको थियो । २०७५ सालको असारमै सम्पन्न गर्नुपर्ने भए पनि पुलको निर्माणमा ठेकेदार कम्पनीले हेलचक्राइ गर्दै आएको थियो ।

प्रकाशित मिति : 08:57