३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

जलवायुसम्बन्धी आर–२० विश्व सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रिया जाँदै

१२ जेठ, काठमाडाैँ । उपराष्ट्रपति नन्दबहादुर पुन आज साताव्यापी भ्रमणका लागि युरोपेली मुलुक अष्ट्रियाको भ्रमणमा जाँदैछन । अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन त्यसतर्फ जान लागेको भ्रमण टोलीमा सहभागी समेत रहेका पुनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

मगरका अनुसार पुन कतार एयरवेजको विमानमार्फत आज बिहान ९ : २० बजे दोहा हुँदै अष्ट्रिया प्रस्थान गर्नेछनछ । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलगायत पनि सहभागी छन । उपराष्ट्रपति पुन भियना अन्तर्राष्ट्रिय केन्द्रको ४०औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजना हुने कार्यक्रममा पनि सहभागी हुनुहुनेछ ।

प्रकाशित मिति : May 26, 2019 at 8:38 am