थाइल्याण्ड बसेर मानव तस्करी गरी कराेडाैँ ठग्ने परशुराम गुरुङ पक्राउ
११ जेठ, काठमाडौँ । थाइल्याण्डमा बसेर मानव तस्करी गरी कराेडाैँ ठग्ने परशुराम गुरुङ पक्राउ परेका छन् । थाइल्याण्डमा पक्राउ परेका उनलाई १० जेठमा नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।
गुरुङले थाइल्याण्डमा बसेर सामाजिक सञ्चालमार्फत सम्पर्क गरेर विभिन्न देशमा पुर्याइदिने, पीआर दिलाइदिने लगायतका प्रलोभन देखाएर एक जनाबाट ५ देखि २० लाखसम्म लिने गरेकाे र यसरी उठाएको रकम १३ करोड बडी भएको प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।

गुरुङले रकम लिएपछि भिजिट भिसामा बैंककसम्म पुर्याउने, एकान्त स्थानमा रहेको होटलमा राख्ने र धम्क्याउने गरेको पाइएको प्रहरीले जानकारी दिएकाे छ । गुरुङविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा ५० भन्दा बढी पीडितले जाहेरी दिएका छन् । गत चैत १३ मा थाई प्रहरीको सहयोगमा पक्राउ गरिएको उनलाई प्रक्रिया पुर्याएर १० जेठमा नेपाल ल्याइएको हाे ।
प्रकाशित मिति : 18:00









