३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

पूर्वप्रधानन्यायाधीस खत्रीको निधनको शोकमा साेमबार अदालतमा बिदा

११ जेठ, काठमाडाैँ । सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको शोकमा आइतबार सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले आज जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोक प्रकट गर्न यही जेठ १२ गते देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक बिदाका रुपमा बन्द रहने जनाइएको छ ।

सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले आइतबार शोक बिदा दिने निर्णय गरेको हो । अल्जाइमर रोगका कारण मेडिसिटी अस्पताल नक्खुमा उपचारका क्रममा बुधबार निधन हुनुभएका स्वर्गीय खत्रीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ललितपुर जिल्लामा मेजर दिलबहादुर खत्री र आमा अप्सरादेवी खत्रीको सन्तानका रुपमा १९८० असोज ३ गते जन्मनु भएका खत्री २०३३ साल साउन २४ गतेदेखि २०४२ मङ्सिर २५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर काम गर्नुभएको थियो ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश हुँदा उहाँको कार्यकालमा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्दै समग्र न्यायपालिकाको श्रीवृद्धिको उल्लेखनीय योगदान पु¥याउनुभएको थियो । विस २००४ मा मुलुकी अड्डा ऐसवाल फाँटबाट सरकारी सेवामा प्रवेश गर्नुभएका पूर्वप्रधानन्यायाधीश खत्रीले २००९ सालमा कानून मन्त्रालयको सचिव हुँदै प्रधानन्यायाधीश भई न्यायको क्षेत्रमा योगदान दिनुभएको थियो ।

प्रकाशित मिति : May 25, 2019 at 3:40 pm