११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

तारकेश्वर गाउँपालिकाकी उपाध्यक्षलाई झम्टिन खाेज्ने अधिकृत विरूद्ध जाहेरी

११ जेठ, नुवाकाेट । नुवाकोटको तारकेश्वर गाउँपालिका – १ की उपाध्यक्ष तारादेवी रीमालले सोही गाउँपालिकाका प्रशासकिय अधिकृत असोक प्रसाद दाहाल विरूद्ध सार्वजनिक नैतिकता विरूद्धको कसुरमा जाहेरी दिएकी छिन् । रीमालले गत जेठ ९ मा हाल गाउँपालिकामा के-कस्ता नितीगत विकासका काम र कार्वाही अघि बढाउने योजना बनेका छन् भनेर प्रशासकिय अधिकृत दाहालसँग जानकारी लिन खोज्दा उनले आफूमाथि अपमानित व्यवहार गरेको भन्दै उनिविरूद्ध जाहेरी दिएकी हुन् ।

जिल्ला प्रहरी कार्यलयमा रीमालले दिएको जाहेरीमा आफू महिला उपाध्यक्ष भएकै कारण दाहालले गाउँपालिकामा आफ्ना कुनै योजना समावेश नगराउने तथा कुनै पनि विषयमा जानकारी दिन जरूरी नभएको भन्दै पदिय मर्यादा बिपरित व्यवहार गरेकाे उल्लेख गरेकी छिन् । दाहालले आफुलाई हात नै हालुँला झै गरी अपमानित गरेकाे उपाध्यक्ष रीमालले जाहेरीमा उल्लेख गरेकी छिन् ।

रीमालले सार्वजनिक स्थानमा आफूमाथि अभद्र व्यबहार गर्ने दाहाललाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग गरेकी छिन् ।

 

प्रकाशित मिति : May 25, 2019 at 10:41 am