त्रिभुवन विमानस्थलबाट कराेडाैँ नक्कली भारतीय रुपैयाँसहित युनुस अन्सारी पक्राउ
१० जेठ, काठमाडौं । त्रिभुवन विमानस्थलबाट नक्कली भारतीय रुपैयाँसहित युनुस अन्सारी पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कराेडाैँकाे भारतीय नक्कली नोटसहित प्रहरीले युनुस अन्सारी र अन्य ३ जनालाई पक्राउ गरेको हाे । पक्राउ परेकामध्य प्रहरीले युनुस अन्सारी र नसरुद्दिन अन्सारीकाे मात्रै परिचय खुलाएकाे छ । दुई वटा व्रिफ केशमा नोट बरामद भएको प्रहरीले बताएकाछन् ।

कतार एयरवेजमार्फत युनुससहित ३ जना काठमाडौं आएका थिए भने नसरुद्दिन उनीहरुलाई लिन गर्न पुगेकाे प्रहरीले जानकारी दिएकाे छ । यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा युनुस पक्राउ परिसकेका व्यक्ति हुन् ।
पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेशनल टेलिभिजनका सञ्चालक समेत थिए ।
प्रकाशित मिति : 13:28







