३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

५ लाख नदिए छोराकाे अपहरण गरेर हत्या गर्ने धम्की दिने प्रेमी-प्रेमिका पक्राउ

१० जेठ, काठमाडौँ । ५ लाख नदिए छोराकाे अपहरण गरेर हत्या गर्ने धम्की दिने प्रेमी-प्रेमिका पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा कैलालीका २४ वर्षीय लोकेन्द्रबहादुर शाही र उनकी प्रेमिका २० वर्षीया रुबी ठाकुर रहेका छन् ।

रुबीको योजनामा उनका प्रेमी शाहीले काठमाडौंको बुद्धनगरका औषधी व्यवसायी सीताराम कार्कीलाई धम्क्याएकाे महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताएका छन् । कार्कीले दिएको उजुरीको आधारमा अनुसन्धान गरेर दुवैलाई गौशालाबाट पक्राउ गरिएको एसएसपी थापाले बताएका छन् । प्रहरीले कार्कीलाई धम्क्याउन प्रयोग भएको मोबाइल र सीम कार्ड पनि बरामत गरेको छ ।

प्रकाशित मिति : 13:04