३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

१ लाख ५० हजार घुससहित नापी कार्यालय सर्वेक्षक र लेखापढी व्यवसायी पक्राउ

१० जेठ, काठमाडौँ । नापी कार्यालय साँखु, काठमाडौँका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसी घुससहित पक्राउ परेका छन् । बिहीबार सेवाग्राहीसँग जग्गा हालसाविक गर्ने भन्दै घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई १ लाख ५० हजार घुससहित पक्राउ गरेको हो ।

उक्त घुस रकम सहित बिहीबार कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले शुक्रबार जानकारी दिए ।

प्रकाशित मिति : 12:01