मलेसियाले नेपालबाट माग्यो घरेलु कामदार
१० जेठ, काठमाडाैँ । मलेसियाले नेपालबाट घरेलु कामदार मागेकाे छ । बिहीबार क्वालालुम्पुरस्थित नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनबीच भएको भेटवार्तामा मलेसियाले त्यस्ताे माग राखेकाे हाे । अहिले मुख्यतः महिलाहरुलाई लिने गरी मलेसियाले घरेलु कामदारको माग गरेको राजदूत पाण्डेले बताए जवाफमा नेपालले घरेलु कामदारको सेवा, शर्त तथा सुविधासम्बन्धी नेपालले लिएको नीतिबारे जानकारी गराएका थिए ।

मलेसियाले पनि घरेलु कामदार लिनेसम्बन्धी आफ्नो कानुनबारे नेपाललाई जानकारी गराउँदै दुई पक्षीय छलफल गरी घरेलु कामदार लिने प्रस्ताव राखेको छ । मलेसियाले हाल फिलिपिन्स तथा इण्डोनेसियाबाट घरेलु कामदार लिँदै आएको छ ।
प्रकाशित मिति : 11:17







