३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

दाङको सामुदायिक वनमा विष सेवन गरेकाे अवस्थामा जोडी भेटिए, एककाे मृत्यु

९ जेठ, दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर- १६ को एक सामुदायिक वनमा विष सेवन गरेकाे अवस्थामा जोडी भेटिएका छन् । बिहीबार दिउँसो रातामाटा शीतल सामुदायिक वन क्षेत्रमा एक छटपटाइरहेकी युवतीसँगै एक युवक मृत भेटिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

वन हेर्न गएका सुनिल चौधरीले युवती छटपटाइरहेको देखेपछि वडा सदस्यलाई खबर गरी प्रहरीलाई जानकारी गराएपछि उनिहरुको उद्धार गरिएको थियो । मृत अवस्थामा भेटिएका युवक रोल्पा सुनिल स्मृति गाउँपालिका ८ असरेका १८ वर्षीय राजेश घर्ती भएकाे तथा युवती त्यसै ठाउँकी १७ वर्षीया गिता केसी रहेको प्रहरीले जनाएकाे छ ।

मृतक युवकको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ भने युवतीको प्रतिष्ठानमै उपचार भैरहेको छ ।

घटनास्थलमा विषादीको गन्ध आएको र बोतलको बिर्को समेत फेला परेकाले उनीहरुले विषादि सेवन गरेको प्रहरीले अनुमान गरेको छ । घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जानकरी दिएकाे छ  ।

प्रकाशित मिति : 19:34