३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

पाँचथरमा ९ जना हत्या प्रकरण : झुन्डिएर आत्महत्या गर्ने कान्छाे ज्वाइँ भएकाे खुलासा

७ जेठ, काठमाडाैँ । पाँचथरमा २ परिवारका ९ सदस्यकाे विभत्स हत्या भएसँगै उक्त परिवारका कान्छाे ज्वाइँले रूखमा झुन्डिएर आत्महत्या गरेकाे खुलासा भैकाे छ । मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा घटेकाे उक्त घटनाकाे केहि घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा युवकको शव भेटिएको थियाे ।

हत्या गरिएका ७४ वर्षीय बमबहादुर फियाकका ज्वाइँ स्थानीय मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्था भेटिएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताए । ९ जनाको विभत्स हत्यापछि ज्वाइँ मानबहादुर माखिमले आत्महत्या गरेको आशंका प्रहरीले गरेकाे छ ।

प्रहरीले घटनामा घाइते भएकी बालिकाको बयान र स्थानीयको भनाइको आधारमा हत्यामा माखिमकै संलग्नता रहेको हुन सक्ने आशंका गरेकाे छ । प्रहरीका अनुसार उनकै संलग्नता रहेको निष्कर्षमा पुगिनसकेको भएपनि प्राप्त तथ्यहरुलाई विष्लेषण गर्दा उनीतर्फ आशंका गर्न सक्ने आधारहरु फेला परेका छन् । घटनास्थलमा प्रहरी टोलीले पुगेर अनुसन्धान थालिसकेको र माखिमकै संलग्नता हुन सक्ने भन्दै त्यसतर्फ अनुसन्धान सोझ्याएको छ ।

प्रहरीका अनुसार मोखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकाे समेत खुलासा भएकाे छ ।

 

घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया पनि मोखिमकै भएकाे समेत प्रहरीले जनाएकाे छ ।

हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।

याे पनि पढ्नुहाेस्ः

-९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवक झुन्डिएकाे अवस्थामा भेटिए

-९ जनाको हत्या प्रकरणः चार दिनअघि नै नुनमा सिसा मिसाएर हत्याको प्रयास गरेकाे खुलासा

-मुखुण्डो लगाएर आएको समूहद्धारा पाँचथरमा दुई परिवारका नौ जनाको विभत्स हत्या

प्रकाशित मिति : 13:34